• चैत्र २४ २०८१, सोमबार

श्रमिकलाई तोकिएको न्यूनतम पारिश्रमिक अनिवार्य दिन विभागले गरायो सचेत

चैत्र १० २०८१, सोमबार

११ चैत, काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकका लागि तोकिएको न्यूनतम पारिश्रमिक अनिवार्य दिन सबै उद्योगरप्रतिष्ठानलाई सचेत गराएको छ । कतिपय उद्योगरप्रतिष्ठानले तोकिएको पारिश्रमिक नदिएको गुनासोरउजुरी आएको भन्दै विभागले न्यूनतम पारिश्रमिक अनिवार्य दिन भनेको हो ।

सरकारले १ साउन २०८० देखि लागु हुने गरी मासिक न्यूनतम पारिश्रमिक १७ हजार ३ सय पुर्याएको छ । यो चिया बगान बाहेक सबै श्रमिकको हकमा लागु हुन्छ । श्रमिकको दैनिक न्यूनतम पारिश्रमिक ६ सय ६८ र प्रतिघण्टा पारिश्रमिक ८९ रुपैयाँ हुन आउँछ । चिया बगानका श्रमिकका हकमा भने मासिक पारिश्रमिक १३ हजार ८ सय ९३ र दैनिक ५ सय रुपैयाँ छ ।