• चैत्र १८ २०८१, मंगलवार

अपच हुनुका कारण के के हुन् ?

चैत्र १० २०८१, सोमबार

अपच हुनुका कारण यस्ता छन् ः

-भोजनमा फाइबरको मात्रा कम भएमा तथा चिनीको मात्रा धेरै भएमा पनि पाचन सम्बन्धि समस्या हुने गर्छ ।

–पोषण तत्वको कमी तथा उच्च क्यालोरीयुक्त आहारका कारण शरीरमा खराब व्याक्टेरियाको स्तर बढेर आन्द्रा सम्बन्धि समस्या निम्तन सक्छ ।

-सामान्य पाचन प्रणालीलाई प्रभावित पार्ने विभिन्न औषधीको सेवनले पाचन सम्बन्धि समस्या निम्तन सक्छ । विशेषगरी एस्प्रिन तथा प्रिलोसेक जस्ता औषधीको सेवनले पनि पाचन तन्त्रलाई प्रभावित पार्ने गर्छ ।

-तनावका कारण पनि नर्भस सिस्टम विग्रिएर पाचन सम्बन्धि समस्या निम्तन सक्छ । साथै, आन्द्रामा व्याक्टेरियाको सन्तुलन विग्रन सक्छ ।