काठमाडौँ । नेपाल ल क्याम्पसमा चैत १९ गते स्वविय निर्वाचन हुने भएको छ ।
आइतबार निर्वाचन अधिकृत सहप्राध्यापक केशरमणि अर्यालले सुचना प्रकाशित गर्दै स्ववियुको निर्वाचन चैत १९ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म हुने जानकारी दिएका हुन् ।
निर्वाचन कार्यक्रम अनुसार चैत्र ११ गते दल दर्ता गर्ने र मतदाता सुची सार्बजनिक गर्ने र १३ गते मनोनयन दर्ता गर्ने कार्यसूची रहेको छ ।
यसअघि ५ गते हुने भनिएको चुनाव विद्यार्थी सङ्गठनहरूको विवादका कारण स्थगित भएको थियो ।