• चैत्र २० २०८१, बिहीबार

आज विदेशी मुद्राको विनिमय दर कति ?

चैत्र १० २०८१, सोमबार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलरको भाउ स्थिर रहेको छ । केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८६ पैसा कायम भएको छ ।

त्यसै गरी युरोपियन युरो एकको खरिददर १४८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४९ रुपैयाँ १० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७८ रुपैयाँ ११ पैसा, स्वीस फ्र्यांक एकको खरिददर १५५ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५६ रुपैयाँ ०७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ०८ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४५ , क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ०७ पैसा, सिंगापुर डलर एकको खरिददर १०२ रुपैयाँ ७३ पैसा र बिक्रीदर १०३ रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ ।