• चैत्र ११ २०८१, मंगलवार

आफूलाई हराउने नाममा देशलाई नहराउन पनि उप–प्रधानमन्त्री सिंहलाई : मेयर बालेनको आग्रह

चैत्र ९ २०८१, आईतवार

चैत्र १०,काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) ले उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई कांग्रेसको इतिहास माटोमा नमिसाउन सुझाव दिएका छन् । मेयर बालेनले आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अव्यवस्थित बसोबास, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्रि जोगाउने प्रयास कुरामै सीमित रहेको बताएका हुन् ।

उनले आफूलाई हराउने नाममा देशलाई नहराउन पनि उपप्रधानमन्त्री सिंहलाई आग्रह गरेका छन् । ुमाननीय सहरी विकास मन्त्री प्रकाशमान सिंहज्यु, अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्रि जोगाउने प्रयास गर्ने कुरा सधैं कुरामै रह्यो । कहिले गर्ने हो? मलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र, र देशचाहिँ नहराउनु होला । यत्रो गणेशमान सिंह, पी.एल. सिंह, र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउनु होला, मेयर बालेनले लेखेका छन् ।