• चैत्र ११ २०८१, मंगलवार

खोटाङका ओमप्रकाश राई भक्तपुरमा मृत भेटिए

चैत्र ९ २०८१, आईतवार

भक्तपुर । भक्तपुरमा आइतबार एक  जनाको शव फेला परेको छ । प्रहरीका अनुसार भक्तपुरको मध्यपुर थिमि नगरपालिका ९ बोडे निलबाराहीस्थित पिकनिक स्पोर्ट नजिक पार्किङ स्थलमा एक पुरुषको शव भेटिएको हो ।

खोटाङको केपिलासगढी गाउँपालिका–२ घर भएका ६६ वर्षीय ओमप्रकाश राई मृत भेटिएको प्रहरीले जनाएको छ ।

राईको कान र टाउकोमा चोटपटक देखिएकाले प्रहरीले यो हत्याको घटना हुन संक्ने भन्दै त्यस कोणबाट अनुसन्धान अगाडि बढाएको छ । राई कवाडी संकलन गर्ने व्यक्ति भएको जनाएको छ ।