धनगढी । कैलालीको धनगढीमा ग्यास सिलिन्डर पड्किएर घाइते भएकी महिलाको मृत्यु भएको छ । चैत २ गते सिलिन्डर पड्किँदा घाइते भएकी धनगढी उपमहानगरपलिका–६ मट्यारीकि ३६ वर्षीया मिना खड्काको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार खड्काको काठमाडौंस्थित बर्न हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो ।
सोही घटनामा घाइते भएका मृतककी छोरी २० वर्षीय चन्द्रा खड्का र ग्यास बिक्रेता स्थानीय व्यापारी ४० वर्षीय गोविन्दराज जोशीको उपचार भइरहेको छ । ग्यासको सिलिन्डर जडान गर्ने क्रममा पड्किएर तीनै जना घाइते भएका थिए ।