• चैत्र ९ २०८१, आईतवार

शिक्षा शक्तिशाली साधन हो : गृहमन्त्री लेखक

चैत्र ८ २०८१, शनिबार

चैत ९, काठमडौं । गृहमन्त्री रमेश लेखकले शिक्षा शक्तिशाली साधन भएको बताएका छन् । शनिबार नवलपरासीको गैँडाकोटस्थित वेस्टर्न एडभान्स कलेजको शैक्षिक भवनको शिलान्यास कार्यक्रममा बोल्दै लेखकले शिक्षा शक्तिशाली साधन भएकाले समाजको रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।

‘शिक्षा एउटा शक्तिशाली साधन हो जसले समाजको रूपान्तरण गर्न सक्छ,’ उनले भने, ‘समाज रुपान्तरणमा विश्वविद्यालयको शैक्षिक र सामाजिक योगदान अझ प्रभावकारी बन्ने सम्भावनाहरू पक्का भएका छन् ।’

उनले क्याम्पसको नयाँ भवनको शिलान्यासले शिक्षाको स्तरलाई अझ उच्च बनाउने र क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूलाई आधुनिक शिक्षा र वैज्ञानिक सोचमा आधारित अध्ययनको अवसर उपलब्ध हुने विश्वास व्यक्त गरे ।

‘क्याम्पसले समग्र शैक्षिक परिप्रेक्ष्यमा नयाँ दिशा र बल प्राप्त गर्नेछ , यस क्याम्पसका विद्यार्थीहरूले विश्वस्तरीय शिक्षा प्राप्त गर्नेछन,’ लेखकले भने, ‘यस क्षेत्रलाई शिक्षा र अनुसन्धानको क्षेत्रमा एक उत्कृष्ट उदाहरणका रूपमा प्रस्तुत गर्न सक्नेछन् ।’ क्याम्पसले शैक्षिक ढाँचालाई मात्र अघि बढाउन मद्दत गर्दै यहाँका समुदायहरूको समग्र समृद्धिका लागि नयाँ बाटो खोल्ने बताए ।