चैत्र ८, काठमाडौँ । बागबजारस्थित पद्मकन्या क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा नेविसंघको विद्रोही स्वतन्त्र प्यानलै विजयी भएको छ । अध्यक्षमा भूपेश्वरी ऐर ७३० मतसहित निर्वाचित भएकी हुन् । नेविसंघमा विवाद हुँदा ऐरको नेतृत्वमा प्यानलै स्वतन्त्र उम्मेद्वारी परेको थियो । तर अन्तिम समयमा नेविसंघले ऐर नेतृत्वको प्यानललाई नै समर्थन गरेको थियो। अध्यक्षमा निर्वाचित ऐर यसअघि स्ववियु सचिव थिइन् ।
प्रतिस्पर्धी पूर्णिमाया परियारले ३७९ मत ल्याइन नेविसंघ इकाइ सभापतिसमेत रहेकी परियारले नेविसंघबाट उम्मेदवारी दिएपनि संगठनले उनलाई आधिकारिक उम्मेदवार मानेको थिएन । सचिवमा सन्ध्या बस्याल र कोषाध्यक्षमा शंकल्पिका थापा विजयी भएका छन्। सदस्यहरूमा उर्वशी पाण्डे, चेतना नहर्की, अस्मिता विक, स्वस्तिका विष्ट, आशु चौधरी, आकृति पाण्डे, निशा कार्की र यानसु कटवाल निर्वाचित भए ।