• चैत्र १४ २०८१, शुक्रबार

बानेश्वरमा दलित अभियन्ताको अर्धनग्न प्रदर्शन, प्रहरीसँग धकेलाधकेल

चैत्र ७ २०८१, शुक्रबार

८ चैत, काठमाडौँ । अन्तर्राष्ट्रिय जातीय विभेद विरूद्धको दिवसका अवसरमा राजधानीमा प्रदर्शन भएको छ । शुक्रबार बानेश्वरमा दलित अभियन्ताहरुले प्रदर्शन गरेका हुन् ।

‘दलितलाई खै’ भनि लेखिएको नारासहित अर्धनग्नसमेत बनेर प्रदर्शनमा सहभागी भएकाहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि केहीबेर तनावको स्थिति समेत बनेको थियो ।


Advertisement

सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच निषेधित क्षेत्रमा केहीबेर धकेलाधकेल भएको हो ।