• चैत्र ७ २०८१, शुक्रबार

आफ्नै पार्टीका मन्त्रीलाई कांग्रेस कार्यकर्ताले किन देखाए कालोझण्डा ?

चैत्र ६ २०८१, बिहीबार

काठमाडौँ । कांग्रेस नेता तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पार्टी कार्यकर्ताले कालोझण्डा देखाएका छन् ।

कार्यकर्ताहरूले मन्त्री चौधरीलाई कालोझण्डा देखाउँदै उनको राजीनामाको मागसमेत गरेका छन् ।

कांग्रेस कार्यकर्ताहरूले ओलम्पिक कमिटीमा विवाद निम्त्याएको भन्दै मन्त्री चौधरीलाई कालोझण्डा देखाएका हुन् ।

अदालतको आदेश तथा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदको निर्देशनलाई अवज्ञा गर्दै भएको नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा सहभागी हुने खेल संघका पदाधिकारीले मन्त्री चौधरीलाई झण्डा देखाएका हुन् ।