चैत ७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले ७४० वटा भेपसहित भाटभटेनी सुपर मार्केटको ट्रक समातिएकाले त्यसमा संलग्नमाथि कारबाहीको माग गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले सत्तारुढ दल एमालेको पार्टी कार्यालय बनाउने दाता भनेर संरक्षण नगर्न आग्रह गरेका हुन् ।
‘सिन्धुपाल्चोकमा समातिएको ट्रकमा ७४० वटा भेप समातिएको छ । त्यो भाटभटेनी सुपर मार्केटको भएको भन्ने कुरा खुलिसकेको छ । त्यसलाई राजनीतिक दल र त्यसमा पनि प्रधानमन्त्रीज्यूको पार्टी कार्यालय बनाउने दाता भएको हुनाले संरक्षण नगरियोस,’ उनले भने ।
भाटभटेनीका मालिक मिनबहादुर गुरुङले एमालेको मुख्यालय बनाउन जग्गा दान दिएर भवन बनाउने काम गरिरहेका छन् ।