• चैत्र ७ २०८१, शुक्रबार

मेरो प्रश्नको जवाफ नदिने प्रधानमन्त्रीकाे प्रश्नोत्तर कार्यक्रम बहिष्कार गर्छु : सांसद प्रभु साह

चैत्र ६ २०८१, बिहीबार

काठमाडौं । प्रतिनिधिसभाका सांसद प्रभु साहले ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम’ कार्यसूचीबाट हटाउन माग गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले अघिल्लो प्रश्नोत्तर कार्यक्रममा आफूले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्रीले नदिएको भन्दै कार्यक्रमको औचित्य नभएको बताए ।

“कुनै प्रश्नको जवाफ छैन भने त्यो कार्यक्रमको औचित्य छैन । मैले सोधको जवाफ प्रधानमन्त्रीले दिनुभएन । प्रभु साहको होइन, सवाल प्रश्नोत्तर कार्यक्रमको हो,” उनले भने ।

उनले संसद्को सम्मान पनि नगरेको उनको भनाइ छ । आज प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुँदैछ । उनले कार्यसूचीबाट नहटाए कार्यक्रम बहिष्कार गर्ने चेतावनी पनि दिए ।

“यदि कार्यसूचीबाट हटाइएन भने त्यो कार्यक्रम बहिष्कार गर्ने जानकारी गराउन चाहन्छु,” उनले भने ।