• चैत्र १९ २०८१, बुधबार

सिराहामा एसइई सुरु भएको २० मिनेटमै अङ्ग्रेजी विषयको प्रश्नपत्र आउट

चैत्र ६ २०८१, बिहीबार

७ चैत, सिराहा । सिराहामा माध्यमिक शिक्षा परीक्षा (एसइई) को पहिलो दिनको परीक्षासुरु भएको २० मिनेटमानै प्रश्नपत्र बाहिरिएको छ । जिल्लाको लहान नगरपालिका १९ सोनमती गाढास्थित जनता बनवाली माध्यमिक विद्यालय वर्छवा, कल्याणपुर परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिरिएको हो । निजी विद्यालयहरुको सेटिङमा केन्द्राध्यक्ष र प्रहरी प्रशासनको सहयोगमा मोबाइल प्रयोग गरी प्रश्नपत्र बाहिरिएको स्रोतले जनाएको छ ।

यद्यपि जिल्ला परीक्षा समन्वय समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले भने एसइई परीक्षा मर्यादित बनाउन ५० जना डेडिकेटेड मानिसहरू खटाएका बताएका छन् । उनले भने, ‘पात समेत हल्लिन दिइएको छैन । प्रश्नपत्र कसरी बाहिरियो भन्ने विषयमा अनुसन्धान हुँदैछ । कहाँबाट प्रश्नपत्र बाहिरिएको पत्ता लागे कारबाही हुन्छ ।’

परीक्षा मर्यादित बनाउन यसवर्ष परीक्षा केन्द्रहरूमा मोबाइल तथा अन्य चिटिङ गर्ने समानमा प्रतिबन्ध लगाएता पनि प्रश्नपत्र आउट हुँदा प्रहरी प्रशासन र केन्द्राध्यक्षहरु कै सेटिङ रहेको पुष्टि गर्छ । जिल्लामा ५० वटा परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भइरहेको छ । परीक्षामा १० हजार सात सय तीन जना विद्यार्थी सहभागी छन् ।