७ चैत, काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । बुधबार कायम भएको १ लाख ७६ हजार रुपैयाँमै बिहीबार पनि सुन कारोबार भएको हो ।
नेपाल सुनचाँदी महासंघका अनुसार चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा १ लाख ४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार भने घटेर तोलामा २ हजार ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।