• चैत्र ७ २०८१, शुक्रबार

पद्मकन्या क्याम्पसमा स्ववियु निर्वाचनका लागि आज मतदान जारी

चैत्र ६ २०८१, बिहीबार

७ चैत, काठमाडौँ । काठमाडौँको बागबजारस्थित पद्मकन्या क्याम्पसमा स्ववियुको मतदान आज भइरहेको छ । विवादका कारण चैत पाँच गते मतदान हुन नसकेको यहाँ आज मतदान भएको हो ।

अहिले शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । भोट हालेको विद्यार्थीको कार्ड भोलि फिर्ता दिने सर्तमा निर्वाचन कमिटीले राखेको छ । यहाँ एमाले र माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठनहरूले गठबन्धन गरेका छन् । सभापतिमा अनेरास्ववियुकी सुनिता घिमिरे छिन् ।

सचिवमा भने अखिल क्रान्तिकारीकी सदीक्षा पोखरेल र कोषाध्यक्षमा सुम्निमा राईको उम्मेदवारी कायम छ । नेविसंघबाट दुई जनाले उम्मेदवारी दिएपछि पूर्णिमाया परियारलाई संगठनले आधिकारिकता दिएको छ । यहाँ नेविसंघका भूपि ऐर बागी उम्मेदवार रहेका छन् ।