• चैत्र ६ २०८१, बिहीबार

तीन टाउकाले देश डुबाए डा. बाबुराम भट्टराई

चैत्र ५ २०८१, बुधबार

संविधान जारी भएपछिका ९ वर्षमा ११ सरकार परिवर्तन भएको भन्दै भट्टराईले समस्याको हल प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखबाट मात्र सम्भव भएको बताएका छन् ।
चैत ६६ चैत, काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकमा विद्यमान समस्याको समाधानका लागि लोकतान्त्रिक स्थायित्व चाहिएको बताएका छन् ।

राजधानीमा बुधबार भएको कार्यक्रममा भट्टराईले लोकतान्त्रिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीमै जानुपर्ने बताए । ‘नेपालको जुन समस्या छ, त्यो भनेको यी तीन टाउकारूपी वैद्य हुन् । वैद्यहरू जटिबुटीहरू पिलाउँदै आएका छन् । तर, समस्या समाधानका लागि शल्यक्रिया नै गर्नुपर्ने अवस्था छ । यी वैद्य र झाँक्रीले शल्यक्रिया गर्ने सामथ्र्य राख्दैनन,’ उनले भने ।

भट्टराईले तीनवटा टाउकाले आफूलाई छोटे राजाजस्तो बनाएको चर्चा गरे । संविधान जारी भएपछिको ९ वर्षमा ११ सरकार परिवर्तन भएको भन्दै भट्टराईले राजनीतिक अस्थिरताको चर्चा गरे । उनले भने, संविधान जारी भएको ९ वर्षमा ११ सरकार परिवर्तन भएको छ । समस्याको हलका लागि लोकतान्त्रिक स्थायित्व चाहियो । एउटा सरकारले कम्तीमा ५ वर्ष, १० वर्ष एउटा नीति बनाएर लागू गराउन सकोस् ।

यसका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जान ढिला गर्नु भएन ।’उनले तीनवटा टाउकाले पालैपालो सरकार चलाइरहेको र सरकारबाट बाहिरिने बित्तिकै जनतामा गएर सबै बिग्रियो, सबै सकियो भनेर रणभुल्ल पार्ने गरेको बताए । ‘तीनवटा टाउका पालैपालो सरकार चलाइरहेका छन् । सरकारमा बस्दा जनतालाई समृद्धि आयो, सुख–शयल आयो भन्छन,’ पूर्वप्रधानमन्त्री भट्टराईले भने, ‘सरकार गएको भोलिपल्टैबाट बाहिरिएपछि खत्तम भयो भनेर कराउँछन् ।

जनता रणभुल्लमा छन् ।’उनले यहाँका तीन दलका शीर्ष नेतालाई छिमेकीले पनि बेलाबेला उचाल्ने गरेको दावी गरे । ‘छिमेकीले पनि सुँड घुसारेर कहिले झाँक्रीलाई, कहिले बैद्यलाई उचाल्ने गरेका छन,’ उनको भनाइ छ ।