भक्तपुर । भक्तपुर बहुमुखी क्याम्पसमा मतान्तर बढी भएपछि नेपाल मजदूर किसान पार्टी निकट नेक्राविसंघले लफडा गरेको छ । भक्तपुर बहुमुखी क्याम्पसको स्ववियू निर्वाचनको गणना गर्दा गर्दै २ सय भन्दा बढी मत अन्तरले नेक्राविसंघ पछाडि परेपछि मतगणना स्थलबाट लफडा भएको हो ।
स्ववीयूको निर्वाचन सम्पन्न भएपश्चात बनाइएको आचार संहिता अनुसार नै मतगणना हुँदै गर्दा नेविसंघका उम्मेदवार २ सय भन्दा बढी मतान्तरले लिड गरेपछि विभिन्न बहानाबाजी गर्दै नेक्राविसंघका गणनामा बसेका प्रतिनिधिहरू उठेर हिँडेका हुन् ।
समानुपातिक र प्रत्यक्षतर्फका मतहरू एक अर्का बाकसमा पनि हुनसक्ने र सो मत सदर मानिने भनिएको थियो तर समानुपातिकको मतपेटिकामा भएको प्रत्यक्ष तर्फको ३ मत प्रत्यक्षतर्फ गणना गरी रहेको स्थानमा ल्याएपछि विवाद भएको थियो ।
विवादका बिच नेक्राविसंघका गणनामा बसेका प्रतिनिधि तथा उम्मेदवारहरू गणना स्थल छोडेर नाराबाजी लगाउँदै बाहिरिएपछि ५९ मत गन्न बाँकी हुँदा गणना स्थगित भएको गणनामा बसेका एक प्रतिनिधिले बताए ।
आफू हार्ने पक्का पक्की भएपछि नेक्राविसंघले लफडा गरेको विद्यार्थीहरू बताउँछन् ।
२०६० साल देखि लगातार स्ववियू सभापति विजयी हुँदै आएको नेक्राविसंघ अघिल्लो पटक २०७९ देखि स्ववियू बाहिर भएको थियो । नेविसंघ र अनेरास्ववियू संयुक्त प्यानल निर्वाचनमा होमिएपछि यो पटक पनि नेक्राविसंघ स्ववियू बाहिर हुने पक्का पक्की भएपछि उनीहरूले विभिन्न बहाना गर्दै आएको अनेरास्वीयूका एक नेताले बताए ।
२०६० सालमा नेक्राविसंघ दुई टुक्रा भएको नेविसंघको एक खेमा साथमा लिएर स्ववियू सभापतिमा विजयी भएको थियो । यस्तै २०६२ र २०६५ सालमा अनेरास्वीयूलाई साथमा लिएर २०७३ मा नेविसंघसँग संयुक्त प्यानल बनाएर नेक्राविसंघ नेपाल भरमा एक मात्र क्याम्पस भक्तपुर क्याम्पसमा आफ्नो बर्चस्व कायम गर्दै आएको थियो ।
अघिल्लो निर्वाचनमा नेविसंघ र अनेरास्ववियूको प्यानल निर्वाचनमा होमिएपछि स्ववियू बाहिर भएको नेक्राविसंघ यो पटक पनि नेविसंघ र अनेरास्वीयूको नै प्यानल भएपछि आफू यो पटक पनि स्ववियू बाहिर हुने पक्का पक्क भएपछि मतगणनामा लफडा गर्दै आएको विद्यार्थी नेताहरू बताउँछन् ।
३ मत बढी आएपछि यो कसरी आयो भन्ने विषयमा विवाद भएको नेक्राविसंघका एक नेताले बताए । उनका अनुसार आचार संहिता अनुसार गणना भएको छैन समानुपातिक मतपेटिकामा भएको प्रत्यक्ष मत बढी मत हो यो कसरी आयो यहाँ धाँधली भएको छ भन्दै हामी गणना स्थलबाट बाहिरिएको उनको भनाई छ ।
कुन मत सदर हुने कुन बदर हुने भन्ने विषयमा सहमति भएको भए पनि समानुपातिकको मतपेटिकामा फेला परेको मत बढी नै भएको मत भएका कारण आफूहरूको यसमा विमति भएको उनले बताए ।