चैत ६, काठमाडौं । काठमाडौंको लाजिम्पाटस्थित होटल ले हिमालयको गेटअगाडि विद्युतीय पोलमा आगलागी भएको छ ।
बुधबार दिउँसो विद्युत् सर्ट भएर विद्युतको तारमा आगलागी भएको हो । आगलागीका कारण लाजिम्पाट क्षेत्रमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध भएको छ ।
आगलागीका कारण सवारी आवागमन पनि केही समय अवरुद्ध भएको थियो । आगलागी नियन्त्रणमा लिइएपछि अहिले सवारी आवागमन खुलेको छ ।