• चैत्र १९ २०८१, बुधबार

कानको रोग लाग्नबाट बच्ने उपायहरु के के हुन् ?

चैत्र ४ २०८१, मंगलवार

कानको रोग लाग्नबाट बच्ने उपायहरु यस्ता छन् ः

-नुहाउँदा सधैँ कानमा पानी पस्नबाट बचाउनुपर्छ । कानमा कपास हालेर नुहाउन सकिन्छ ।

-पौडी खेल्दा कानमा पानी पस्नबाट जोगिनुपर्छ । कान पाक्ने रोग भएको मान्छेले पौडी खेल्नु हुँदैन ।

-सिन्काले कान कोट्याउने गर्नु हुँदैन ।

– कानमा तेल हाल्नु हुँदैन ।

-रुघा लाग्नुबाट जोगिनुपर्छ । रुघा लाग्यो भने कानभित्र पानी जम्ने र संक्रमण हुने खतरा हुन्छ । त्यसैले रुघा लाग्यो भने नाक, कान, घाँटीको डाक्टरलाई देखाएर उपचार गरिहाल्नुपर्छ ।

– कानको रोग जन्मजात पनि हुन सक्छ । त्यसैले गर्भवती अवस्थामा महिलाको स्वास्थ्य जाँच गराउनुपर्छ ।

– महिलाले मद्यपान, धुम्रपान गर्नु हुँदैन । गर्भवती अवस्थामा बच्चाको कानलाई असर पु¥याउने औषधि खानु हुँदैन ।