काउली खानुका फाइदा यस्ता छन् ः
-काउलीमा हुने फाइबरले हाम्रो पाचन क्रियालाई तन्दुरुस्त राख्न मद्धत गर्दछ । यसले हामीलाई पेट सम्बन्धी रोगबाट बचाउन सहयोग गर्छ ।
-गर्भावस्थामा समेत काउलीको सेवन लाभदायी हुन्छ । यसमा हुने भिटामिनहरु गर्भमा रहेको बच्चाका लागि हितकारी हुन्छ ।
-विभिन्न वैज्ञानिक अध्ययनहरुले काउली लगायतका सागपातहरुले पेटको क्यान्सरको खतरा कम गर्ने तथ्य पत्ता लगाएका छन् ।
-काउलीको नियमित भोजनले मोटोपनाबाट छुटकारा दिलाउन समेत सहयोग गर्छ । काउली वजन नियन्त्रणका लागि निकै सहयोगी सावित हुन्छ ।
-काउलीमा प्रसस्त क्याल्सियम पाइन्छ । यस्तो क्याल्सियम हाम्रो सरीरको हड्डीको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ र यसले दाँतलाई समेत स्वस्थ र बलियो बनाउँछ ।
-काउलीको सेवनले घाँटी सम्बन्धी विभिन्न खाले स्वास्थ्य समस्याबाट समेत छुटकारा दिलाउन सहयोग गर्छ ।
-दिसाबाट रगत बग्ने तथा पाइल्स जस्ता रोगीका लागि काउलीको सेवन निकै फाइदाजनक हुन्छ ।
-रक्तचाप सन्तुलन तथा रगतमा भएका विषाक्त पदार्थको निष्कासनमा समेत गोभी सहयोगी हुन्छ ।