• चैत्र ३ २०८१, सोमबार

आजदेखि प्रहरी महानिरीक्षक कुँवरको अनिवार्य अवकाश,  को बन्दैछन् नयाँ आइजीपी ?

चैत्र ३ २०८१, सोमबार

काठमाडौं ।  नेपाल प्रहरीको नेतृत्व सम्हालिरहेका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर आजैदेखि अनिवार्य अवकाशका कारण घर जाने भएका छन् । आज बस्ने मन्त्रिपरिषदले नयाँ आईजीपी नियुक्त गर्ने तयारी गरेकाले कुँवर घर जान लागेका हुन् ।

आईजीपी कुँवरसँगै ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र ३ जना प्रहरी नायव महानिरीक्षक (डीआइजी) ले पनि ३० वर्षे सेवा अवधिका कारण चैत ५ देखि एकैसाथ अनिवार्य अवकाश पाउन लागेका हुन् ।

कुँवरसँगै अनिवार्य अवकाश पाउने एआईजीहरुमा जनक भट्टराई, टेकप्रसाद राई, कुबेर कडायत, दुर्गा सिंह र बुद्धि गुरुङ छन्।

त्यसैगरी अवकाश पाउने डीआईजीहरुमा भोला रावल, गणेश चन्द र ध्रुवराज राउत छन् ।

को बन्ला नयाँ आइजीपी ?
आज (सोमबार) बस्ने मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको नयाँ नेतृत्व चुन्ने तयारी छ । स्रोतका अनुसार एआइजीहरु दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङमध्येबाट नयाँ प्रहरी महानिरीक्षक चयन गर्ने छन् ।