• चैत्र १ २०८१, शनिबार

भुटान लगायत ११ देशका नागरिकलाई अमेरिका जान प्रतिबन्ध लगाउँदै ट्रम्प

चैत्र १ २०८१, शनिबार

काठमाडौं । अमेरिकी प्रशासनले ४३ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने नयाँ सूची तयार गर्दैगरेको समाचार द न्यूयोर्क टाइम्सले दिएको छ ।

प्रस्तावमा भुटानलगायत ११ देशका नागरिकमाथि पूर्ण प्रतिबन्ध लगाइने उल्लेख छ । यस सूचीमा अफगानिस्तान, भुटान, क्युबा, इरान, लिबिया, नर्थ कोरिया, सोमालिया, सुडान, सिरिया, भेनेजुगला र यमन रहेका छन् ।

यसैगरी भिसा दिन कडाइ गरिने मुलुकहरूको सूचीमा बेलारुस, एरिट्रिया, हाइटी, लाओस, म्यानमार, पाकिस्तान, रुस, सियरा लिओन, दक्षिण सुडान र तुर्कमेनिस्तान रहेका छन् ।

यस्तै ६० दिनभित्र अमेरिकी चासो सम्बोधन नगरे प्रतिबन्धको सूचीमा पर्नसक्ने मुलुकहरूमा अङ्गोला, एन्टिगुवा, बर्बुडा, बुर्किना फासो, कम्बोडिया, केमरुन, केप डेर्ड, चाड, रिपब्लिक अफ कङगो, डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो रहेका छन् ।

यसैगरी यस सूचीमा डोमिनिका, एक्वेडोरियल गिनी, गाम्बिया, लाइबेरिया, मलाबी, माली, मोरिटानिया, सेन्ट किटस एन्ड नेबिस, सेन्ट लुसिया, साओ तोमे एन्ड प्रिन्सिपे, भानुताउ र जिम्बावेलाई पनि ६० दिनभित्र चासो सम्बोधन नगरे यात्रा प्रतिबन्ध लगाइने सूचीमा राखिएको छ ।
टाइम्सले ट्रम्प प्रशासनको एक अधिकारीलाई उद्धृत गर्दै प्रस्तावित सूचीमा संशोधन हुनसक्ने उल्लेख गरेको छ ।