२ चैत, बगदाद । इराकी प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीले सैन्य कारबाहीमा इराक र सिरियामा इस्लामिक स्टेट (आईएस) का एक वरिष्ठ नेता मारिएको दाबी गरेका छन । इराकी राष्ट्रिय गुप्तचर सेवाले अमेरिकी नेतृत्वको गठबन्धन सेनासँगको सहकार्यमा यो अपरेसन गरेको थियो ।
सुदानीका अनुसार अब्दुल्लाह मक्की मुसलिह अल–रिफालाई इराक र विश्वको सबैभन्दा खतरनाक आतंककारीहरू मध्ये एक मानिन्थ्यो । उनलाई अबु खादिजा पनि भनिन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना निडर योद्धाहरूले उनीहरूलाई अथक रूपमा पछ्याएको जिकिर गरेका छन् । अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम)ले एक्समा यस कारबाहीको एउटा भिडियो पोस्ट गरेको छ । यो आक्रमण बिहीबार इराकको पश्चिमी अल अन्बर प्रान्तमा गरिएको बताइएको छ ।
रिफाले आईएसको सबैभन्दा वरिष्ठ निर्णय लिने निकायको नेतृत्व गरेको र आईएसको विश्वव्यापी सञ्चालन र योजनाको लागि जिम्मेवार रहेको अमेरिकी केन्द्रीय कमान्डले बताएको छ । उनले विश्वव्यापी आईएस संगठनको लागि कोषको ठुलो हिस्सा पनि व्यवस्थापन गर्थे ।