काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार शनिबार अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ९० पैसा र बिक्रीदर १३९ रुपियाँ ५० पैसा कायम भएको छ।
युरोपियन युरो एकको खरिददर १५१ रुपियाँ ३८ पैसा र बिक्रीदर १५२ रुपियाँ ०३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रुपियाँ ७५ पैसा र बिक्रीदर १८० रुपियाँ ५३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५७ रुपियाँ ०२ पैसा र बिक्रीदर १५७ रुपियाँ ७० पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ६२ पैसा र बिक्रीदर ८८ रुपियाँ, क्यानेडियन डलर एकको खरिददर ९६ रुपियाँ २५ पैसा र बिक्रीदर ९६ रुपियाँ ६७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपियाँ १० पैसा र बिक्रीदर १०४ रुपियाँ ५५ पैसा निर्धारण गरिएको छ।
त्यसैगरी जापानी येन १० को खरिददर नौ रुपियाँ ३४ पैसा र बिक्रीदर नौ रुपियाँ ३८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ २० पैसा र बिक्रीदर १९ रुपियाँ २८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ०४ पैसा र बिक्रीदर ३७ रुपियाँ २० पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ११ पैसा र बिक्रीदर ३८ रुपियाँ २७ पैसा कायम भएको छ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ १३ पैसा र बिक्रीदर चार रुपियाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ८२ पैसा र बिक्रीदर ३७ रुपियाँ ९८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ २४ पैसा र बिक्रीदर ३१ रुपियाँ ३७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ५५ पैसा र बिक्रीदर नौ रुपियाँ ५९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपियाँ ७२ पैसा र बिक्रीदर १३ रुपियाँ ७८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ २९ पैसा र बिक्रीदर २० रुपियाँ ३८ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ८७ पैसा र बिक्रीदर १७ रुपियाँ ९५ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रुपियाँ ८६ पैसा र बिक्रीदर ४५२ रुपियाँ ८० पैसा, बहराइन दिनार एकको खरिददर ३६८ रुपियाँ ४७ पैसा र बिक्रीदर ३७० रुपियाँ ०७ पैसा, ओमनी रियाल एकको खरिददर ३६० रुपियाँ ७७ पैसा र बिक्रीदर ३६२ रुपियाँ ३३ पैसा रहेको छ। भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।