• फाल्गुन ३० २०८१, शुक्रबार

मकुना मरेपछि सौराहामा गोविन्देुको राजु

फाल्गुन २९ २०८१, बिहीबार

फागुन २९,काठमाण्डौं । दाह्रा नहुने जंगली भाले हात्ती मकुना सौराहाको टोलटोलमा छिर्दा कुनै दुस्खद घटना हुने डर थिएन । मान्छेलाई आक्रमण नगरेको उक्त हात्ती माघ २३ मा जंगलभित्र निकुञ्ज कर्मचारीले चलाएको गोली लागेर र्मयो । मकुनाको मृत्युपछि पनि सौराहामा जंगली भाले हात्तीको डर कायमै छ । यो साता जंगली हात्तीले आक्रमण गर्दा सौराहामा एक जनाको मृत्यु भएको छ ।

मकुनाको मृत्युपछि सौराहा क्षेत्रमा जंगली भाले हात्ती गोविन्देले दुःख दिन सुरु गरेको छ । सौराहामा हात्ती व्यवस्थापनको विषय पेचिलो बन्दै गएको छ । स्थानीयले हात्ती व्यवस्थापन संघर्ष समिति नै गठन गरेर विभिन्न निकायमा ज्ञापन बुझाएका छन् । हात्ती आक्रमणको विषयमा मंगलबार प्रतिनिधिसभामा चितवन–२ का सांसद हरि ढकालले आफ्नो क्षेत्रमा हात्ती आतंक बढेको भन्दै व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराए ।

शनिबार बारीमा मृत भेटिएका खैरहनी नगरपालिका घर भइ रत्ननगर नगरपालिका–७ बस्दै आएका ३५ वर्षीय सुरेश महतोलाई राति जंगली हात्तीले आक्रमण गरेको निकुञ्जका सूचना अधिकारी अविनाश मगरले बताए । महतोलाई जंगली भाले हात्ती ुगोविन्देुले आक्रमण गरेर ज्यान लिएको थियो । यसअघि गोविन्देले असोज १७ गते सौराहानजिक खोरसोरमा एक जनाको ज्यान लिएको थियो । भाले हात्ती आफूभन्दा बलियो अर्को भाले हात्ती भएको ठाउँमा खासै जाँदैनन् ।

रोनाल्डोु त्यो क्षेत्रको बलियो हात्ती हो । खोरसोरमा रोनाल्डो हुनु र सौराहामा डुल्ने मकुना मरेपछि गोविन्दे सौराहा केन्द्रित भएको हो । ‘पहिला जंगली हात्ती यसरी गाउँ छिर्दैन थिए । पोथी हात्ती खोज्दै गाउँ छिरेको मुकना नै हो । मकुना नभएपछि अहिले गोविन्दे गाउँ आउन लागेको छ,’ मृगकुञ्ज मध्यवर्तीका अध्यक्ष दुर्गा घिमिरेले भने । होटेलहरूमा रहेका घरपालुवा पोथी हात्तीप्रति आकर्षित भएर जंगली भाले हात्ती गाउँ छिरेको स्थानीयको भनाइ छ । सौराहा क्षेत्रमा रोनाल्डो नाम गरेको जंगली हात्ती लामो समयदेखि बस्दै आएको छ ।

कहिलेकाहीँ ुध्रुव्रेु नामको अर्को जंगली भाले हात्ती पनि त्यहाँ वरपर आउँछ । यी दुईभन्दा सानो गोविन्दे पनि त्यतै छ । यी जंगली भाले हात्ती खोरसोरको हात्ती प्रजनन् केन्द्र र सौराहाको सरकारी हात्तीसारका पोथी हात्तीसँग आकर्षित हुने गरेका थिए । रोनाल्डो त्यो क्षेत्रको बलियो हात्ती हो । खोरसोरमा रोनाल्डो हुनु र सौराहामा डुल्ने मकुना मरेपछि गोविन्दे सौराहा केन्द्रित भएको हो । ‘पहिला जंगली हात्ती यसरी गाउँ छिर्दैन थिए । पोथी हात्ती खोज्दै गाउँ छिरेको मुकनानै हो ।

मकुना नभएपछि अहिले गोविन्दे गाउँ आउन लागेको छ,’ मृगकुञ्ज मध्यवर्तीका अध्यक्ष दुर्गा घिमिरेले भने । होटेलका हात्ती खोज्दै भाले हात्ती खासै गाउँ छिर्दैनन् । तर गत वर्ष सौराहानजिक नौलो हात्ती मकुना आइपुग्यो । उक्त हात्ती सरकारी हात्तीसार र पोस्ट हुँदै खोरसोरको हात्ती प्रजनन् केन्द्रसम्म गए पनि पुरानो भाले हात्ती रोनाल्डोले त्यहाँ टिक्न दिएन । त्यो वर्ष मकुना सौराहा वरपर नै बस्यो ।

‘निजी पोथी हात्तीकै कारण मकुना गाउँ र्छियो । त्यसबारे छलफल पनि भयो,’ चितवन निकुञ्जको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गा घिमिरेले भने । मकुना आकर्षित भएको पोथी हात्तीहरूलाई अलग्गै कतै राखेर हेर्ने निचोड निस्केपछि बाघमारा वनमा राख्ने सहमति भएको उनले बताए । ‘तर बाघमारामा दुई वटा पोथी हात्ती मात्रै लगेर राखे । मकुना त्यता गएपछि वन हात्ती त्यता आयो भनेर बाघमाराका स्थानीयले विरोध गरे । अरु सञ्चालकले हात्ती नलगेपछि ती दुई हात्ती पनि फिर्ता ल्यायौं,’ अध्यक्ष घिमिरेले भने ।

गाउँ र जंगलमा मकुनाको ओहोरदोहोर कायमै थियो । निकुञ्जले धपाउँदै जंगल लैजाने क्रममा गोली लागेर गत माघ २३ मा मकुनाको मृत्यु भयो । धपाउन प्रयोग भएका निकुञ्जका हात्तीमाथि नै मकुनाले आक्रमण गर्न थालेपछि र आत्मरक्षाका लागि गोली चलाउनु परेको निकुञ्जले दाबी गर्दै आएको छ ।

स्थानीयले गठन गरेको हात्ती व्यवस्थापन संघर्ष समितिका संयोजक शरदकुमार महतो र सहसयोजक श्रीराम सिलवालले मध्यवर्ती कार्यालयसहित विभिन्न निकायमा बुझाएको ज्ञापनमा जंगली हात्ती बस्तीमा आएर जनधन र बालीनाली नोक्सानी गर्नुमा यहाँ छरिएर रहेका निजी पोथी हात्ती नै मूल कारक रहेको टोलवासीले ठहर गरेको उल्लेख छ । त्यसैले यस्ता हात्ती टोल बस्तीभन्दा पर राख्न भनिएको छ ।

‘दीर्घकालीन व्यवस्थापनका लागि केही न केही गर्नै पर्छ । गाउँभन्दा पर खोरसोरमा कि अन्यत्र कता राख्ने ? छलफल गरौं । हात्ती राख्ने ठाउँ बनाउँ । कसरी कसले बनाउने ? सहमति गरौं । यसरी एकीकृत तरिकाले हात्ती राखे त्यो ठाउँ नै पर्यटकीय आकर्षण बन्न पनि सक्छ,’ मध्यवर्ती अध्यक्ष घिमिरेले भने । संघर्ष समितिले हात्तीको विषयमा चाँडै ठोस कदम नचाले आन्दोलनमै उत्रने चेतावनी दिएको छ ।

‘सौराहामा रहेको पूर्वी सेक्टर कार्यालयलाई सरोकारवालासँग छलफल र स्थलगत निरीक्षण गरेर घरेलु हात्ती एकीकृत रूपमा कहाँ राख्दा ठीक हुन्छ राय दिनु भनेर पत्र लेखेका छौं,’ निकुञ्जका सूचना अधिकारी थापा मगरले भने । उक्त रायअनुसार निकुञ्ज विभागबाट प्रक्रिया अगाडि बढाइने उनले बताए । भाले हात्तीलाई माद आए पोथी हात्तीप्रति आकर्षित हुन्छ ।

एक पटक आएको माद तीन महिनासम्म कायम रहने हात्तीविज्ञ अशोक राम बताउँछन् । भाले हात्तीलाई वर्षमा तीन पटकसम्म माद आउँछ । यस्तो हात्ती बढी आक्रमक हुन्छ । यस्ता आक्रमक भाले जंगली हात्ती गाउँटोल छिर्न थालेपछि स्थानीय त्रसित छन् । पर्यटकीय क्षेत्र सौराहामा ज्यानै जाने घटना भएपछि व्यवस्थापनमा छिट्टो लाग्न स्थानीयले दबाब अभियान सुरु गरेका हुन् ।