• फाल्गुन ३० २०८१, शुक्रबार

रोल्पामा एमाले र माओवादी निकट विद्यार्थी संगठनको तालमेल

फाल्गुन २९ २०८१, बिहीबार

२९ फागुन, काठमाडौं । रोल्पामा एमाले र माओवादी निकट विद्यार्थी संगठनबीच स्ववियु चुनावमा तालमेल गरेका छन् । अनेरास्ववियुका अध्यक्ष सूर्य विक र अखिल क्रान्तिकारीका अध्यक्ष सनिलदेव बुढामगरले जिल्लाभरकै क्याम्समा तालमेल गर्ने सहमति गरेका हुन् । सहमति अनुसार नव नेपाल क्याम्पसको अध्यक्ष सहसचिव र २ सदस्य अनेरास्ववियुले र उपाध्यक्ष, कोषाध्यक्षसहित ४ सदस्य क्रान्तिकारीले लिने सहमति भएको छ ।

जलजला क्याम्पसमा अध्यक्ष र सहसचिव क्रान्तिकारीले, उपाध्यक्ष सचिव र कोषाध्यक्ष अनेरास्ववियुले लिने सहमति भएको छ । रोल्पा नमुना क्याम्पसमा एक प्रत्यक्ष सदस्यबाहेक सबै क्रान्तिकारीले उठाउने सहमति भएको छ । सहिद स्मृति क्याम्पसमा अखिल क्रान्तिकारीलाई अनेरास्ववियुले सहयोग गर्ने सहमति भएको छ ।