• फाल्गुन २९ २०८१, बिहीबार

फेरि रोकियो सुनिता विलियम्सलाई अन्तरिक्षबाट फिर्ता ल्याउने योजना, २८० दिनदेखि अलपत्र

फाल्गुन २९ २०८१, बिहीबार

२९ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) बाट अन्तरिक्ष यात्री सुनिता विलियम्स र बैरी बुच विल्मोरलाई फिर्ता ल्याउने काम रोकिएको छ । नासा र स्पेसएक्सले मिलेर उनीहरूको फिर्ती मिसन क्रू(१) सञ्चालन गरिरहेका छन् । बीबीसीका अनुसार यी अन्तरिक्ष यात्रीहरूको फिर्तीका लागि फाल्कन–– लाई अमेरिकाको फ्लोरिडाबाट प्रक्षेपण गरिनुपर्ने थियो, तर यसमा केही हाइड्रोलिक समस्या देखा परेसँगै बुधबार यसको प्रक्षेपण स्थगित गरिएको छ ।

फक्स न्यूजका अनुसार, स्टारलाइनरले आईएसएसमा डकिङ गर्दा हिलियम लिक र स्पेसक्राफ्टका रिएक्शन कन्ट्रोल थ्रस्टरहरूमा समस्या देखिएको थियो । नासाका अनुसार, प्रक्षेपणको अर्काे सम्भावित मिति मार्च १५, बिहान ५ः११ बजे (नेपाली समयअनुसार) हुन सक्छ । स्पेसएक्सले भने अहिलेसम्म आफ्नो मेसिनमा देखिएको समस्या कहिलेसम्म समाधान हुन्छ भन्ने स्पष्ट पारेको छैन ।

फाल्कन ले चार नयाँ अन्तरिक्ष यात्रीहरूलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा लगेर त्यहाँबाट सुनिता विलियम्स र बैरी बुच विल्मोरलाई फिर्ता ल्याउने जिम्मेवारी छ । दुवै यात्रीहरूले ५ जुन २०२४ मा यस परीक्षण मिसनका लागि स्टारलाइनर अन्तरिक्ष यानबाट उडान भरेका थिए। यसरी २८० दिनदेखि अलपत्र उनीहरू आठ दिनपछि नै फर्कनुपर्ने थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तरिक्ष यात्रीहरूलाई फिर्ता ल्याउने जिम्मेवारी एलन मस्कलाई सुम्पेका छन् ।

स्टारलाइनर अन्तरिक्ष यान आईएसएसको नजिक पुग्दा त्यसमा समस्या देखा परेको थियो । यानलाई दिशा दिने पाँच थ्रस्टरहरू बन्द भएको बताइएको छ । ६१ वर्षीय विल्मोर र ५८ वर्षीया सुनितालाई बोइङ स्टारलाइनर अन्तरिक्ष यानले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनसम्म र्पुयाएको थिया । यो मानिसहरू सवार भएको आफ्नो किसिमको पहिलो उडान थियो । अन्तरिक्ष यात्री सुनिता विलियम्स र बैरी बुच विल्मोरको फिर्ती १९ र २० मार्चमा हुने सम्भावना थियो, तर मिसनलाई अगाडि बढाएपछि यो मिति पनि परिवर्तन हुन सक्छ ।

मस्कलाई जिम्मेवारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तरिक्ष यात्रीहरूलाई फिर्ता ल्याउने जिम्मेवारी एलन मस्कलाई सुम्पेका छन् । ट्रम्पले जनवरीमा सामाजिक सञ्जालमार्फत लेखेका थिए, ‘मैले मस्कलाई ती दुई बहादुर अन्तरिक्ष यात्रीलाई सुरक्षित फिर्ता ल्याउन आग्रह गरेको छ । बाइडेन प्रशासनले उनीहरूलाई अन्तरिक्षमा छोडिदिएको छ । उनीहरू महिनौँदेखि अन्तरिक्ष केन्द्रमा प्रतीक्षा गरिरहेका छन्। मस्क चाँडै नै यस काममा लाग्नेछन् आशा गरौं, सबै सुरक्षित हुनेछन ।’

यसको जवाफमा मस्कले लेखेका थिए, ‘हामी यसै गर्नेछौं। बाइडेन प्रशासनले उनीहरूलाई यति लामो समयसम्म त्यहाँ छोड्नु भयानक कुरा हो ।’
सुनिता र विलमोरलाई किन पठाइयो अन्तरिक्ष केन्द्र ?
बोइङ र नासाको संयुक्त ‘क्रू फ्लाइट टेस्ट मिसन’ अन्तर्गत सुनिता विलियम्स र बुच विलमोर अन्तरिक्ष केन्द्र (आईएसएस) मा गएका थिए। सुनिता स्पेसक्राफ्टको पाइलट थिइन् भने बुच विलमोर कमान्डर थिए । उनीहरू ८ दिनमात्र अन्तरिक्ष केन्द्रमा बस्ने योजना थियो ।