• फाल्गुन २९ २०८१, बिहीबार

चलचित्र ‘परालको आगो’ मा प्रकाश सपूत अनुबन्ध

फाल्गुन २९ २०८१, बिहीबार

काठमाडौं । ‘परालको आगो’मा आधारित रहेर निर्माण हुने चलचित्र ‘परालको आगो’मा कलाकार प्रकाश सपूत अनुबन्धित भएका छन् । निर्माता सुशील पोखरेलले प्रकाशलाई चलचित्रमा अनुबन्ध गरेका हुन् ।

कथाकार गुरुप्रसाद मैनालीको कृतिमा आधारित रहेर बन्ने चलचित्रमा जितु नेपाल र सुहाना थापा यसअघि नै अनुबन्ध भइसकेका छन् ।

सुशील देवकोटाको लेखन, संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, सत्य–स्वरुपराज आचार्यको संगीत रहनेछ ।

निर्माता पोखेलका अनुसार यो चलचित्र २०८२ मा प्रदशर्न हुनेछ । यो नाममा ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले चलचित्र निर्माण गरेका थिए ।