फागुन २८,काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका पूर्व सल्लाहकार सर्गेई मार्कोभका अनुसार पुटिन र डोनाल्ड ट्रम्पबीचको राम्रो सम्बन्धले युक्रेन युद्धविरामसम्बन्धी वार्तामा ठूलो प्रभाव पार्न सक्ने बताएका छन् । बीबीसी रेडियो फोरको ‘टुडे’ कार्यक्रममा बोल्दै मार्कोभले पुटिन र डोनाल्ड ट्रम्प नेतृत्वको नयाँ अमेरिकी सरकारबीचको सम्बन्ध, पुटिन र पूर्व राष्ट्रपति जो बाइडेनबीचको सम्बन्धभन्दा निकै फरक हुने बताए ।
\मर्काेभले भने, ‘बाइडेन पुटिनका दुश्मन थिए, तर ट्रम्प उनको प्रतिद्वन्द्वी हुन’उनले युद्धविरामसम्बन्धी प्रस्तावहरूले पुटिनलाई गम्भीर नैतिक संकटमा पारिदिएको बताए । उनले अगाडि थपे, ‘किनकि अब रूसी जनता युद्धबाट थाकिसकेका छन् र शान्ति चाहन्छन’के हो प्रतिद्वन्द्वी र
दुश्मनबीचको फरक ?
प्रतिद्वन्द्वीले समान लक्ष्य वा उद्देश्यका लागि प्रतिस्पर्धा गर्छन् । उनीहरूबीचको सम्बन्ध प्रतिस्पर्धात्मक भए पनि नकरात्मक हुँदैन । तर दुश्मनले अर्को पक्षलाई हानि र्पुयाउने वा नष्ट गर्ने उद्देश्य राख्छ । दुश्मनहरूबीचको सम्बन्ध शत्रुतापूर्ण हुन्छ ।
प्रतिद्वन्द्वीको उद्देश्य प्रतिस्पर्धा गर्नु हो भने दुश्मनको उद्देश्य हानि र्पुयाउनु । प्रतिद्वन्द्वीहरू समान लक्ष्यको लागि प्रतिस्पर्धा गर्छन, जबकि दुश्मनहरू एकअर्कालाई नष्ट गर्न चाहन्छन्।