• फाल्गुन २८ २०८१, बुधबार

होलीलाई कसरी पारिवारिक र उल्लासमय बनाउने ? यस्ता छन् ।

फाल्गुन २८ २०८१, बुधबार

होली केबल रङको पर्व होइन, यो परिवार र आफन्तलाई अझ नजिक ल्याउने, खुसी साट्ने र रमाइलो गर्ने अवसर पनि हो। भोली होली भए पनि कति आजै रङ लगाएर हिँडिरहेका छन् । बजार होलीका लागि डिजाइन गरिएका सेतो टिसर्ट, पिचकारी र रङले रङ्गीचङ्गी भएको छ । होलीको उमंग बच्चादेखि वृद्धसम्म देखिन्छ।

कतिपय बच्चाहरूले त नयाँ क्यालेन्डर पाउनासाथ होलीको मिति गोलो घेराले पहिल्ये नै चिन्ह लगाइसकेका हुन्छन् । कतिपयले होली मनाउने योजना बनाइसके, भने कतिपय यसबारे सोच्दै होलान । यदि होली कसरी पारिवारिक माहौलमा मनाउने भनेर सोच्दै हुनहुन्छ भने यी ९ आइडियाले मद्दत गर्न सक्छन ।