भुटेको मकै खानुका फाइदा यस्ता छन् :
– भुटेको मकैमा फाईबरको मात्रा अत्यधिक हुन्छ । यसले पाचन प्रणालीमा सुधार गर्छ। भुटेको मकै खाने मानिसलाई एसिडिटी र कब्जियतको कहिल्यै समस्या हुदैन्।
– भुटेको मकैमा आइरन, कपर, र फस्फोरस र म्याग्नेसियमको मात्रा प्रर्याप्त हुने भएकोले शरिरमा हड्डीलाई मजबुत बनाउँछ ।
– यसमा आईरन, भिटामिन बी १२, फोलिक एसिडको मात्र प्रर्याप्त हुन्छ । यसले शरिरमा रगत अभावको समस्याबाट जोगाई कम्जोरी हुनबाट बचाउँछ ।
– भुटेको मकैमा भिटामिन सी, केरोटिनाईड, बायोफ्लेविनाईड हुन्छ जसले रक्त प्रबाहलाई तीब्र बनार्ई रक्तचाप नियन्त्रण गर्छ ।
– यसले कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्न सहयोग गर्छ। मुटु रोगको खतराबाट बचाउँछ ।
– भुटेको मकैलाई तातो पानीमा केही बेर उमाल्नुहोस। यस पानीलाई छानेर मिश्रि मिसाएर खाँदा पिसाब पोलेको वा किड्नी कम्जोरीको समस्या समाधान हुन्छ ।
– भुटेको वा पोलेको मकैमा कार्बोहाइड्रेडको मात्र पर्याप्त हुने भएकोले यसले शरिरलाई पर्याप्त उर्जा दिन्छ ।