• फाल्गुन २८ २०८१, बुधबार

नाकलाई स्वस्थ राख्न के गर्ने ?

फाल्गुन २७ २०८१, मंगलवार

नाकलाई सफा र स्वास्थ राख्न जथाभावी कोट्याउन हुँदैन । अनावश्यक सफा गर्नु हुँदैन । धुलो र प्रदूषणबाट जोगिने, धुम्रपान नगर्ने, प्रदूषित ठाउँमा जानै परे मास्कको प्रयोग गर्नुपर्छ ।

प्रशस्त मात्रामा पानी पिउने र भिटामिन सी युक्त खानेकुरा खानुपर्छ । भिटामिन सी भएको खानेकुराले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ ।

नाक, मुख र घाँटीलाई चिसो राख्न पानी र धेरै तरल पदार्थ पिउने गर्नुपर्छ । यसले ब्याक्टेरिया वा भाइरसको प्रवेश रोक्न सहयोग गर्छ । नाक, घाँटी सुक्खा हुँदा भाइरस वा ब्याक्टेरियाले आफूलाई वृद्धि गर्ने अवसर प्राप्त गर्छ । कुनै लक्षण क्रमशः बढ्दै गएको छ भने तुरुन्तै नजिकको चिकित्सकसँग परामर्श लिनुपर्छ ।