• फाल्गुन २८ २०८१, बुधबार

ह्वात्तै घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

फाल्गुन २७ २०८१, मंगलवार

२७ फागुन, काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य घटेर तोलामा १ लाख ६९ हजार ९०० रुपैयाँ कायम भएको हो ।

यसअघि सोमबार सुनको मूल्य तोलामा १ लाख ७० हजार ४०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।