• फाल्गुन २८ २०८१, बुधबार

साउदी पुगे जेलेन्स्की,अमेरिकासँग हुन लागेको वार्तामा सहभागी नहुने

फाल्गुन २७ २०८१, मंगलवार

काठमाडौँ ।  युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की साउदी अरेबिया पुगेका छन् ।

अमेरिकाले युक्रेनलाई रुससँगको युद्धको युद्धविराम गर्न दबाब बढाइरहेका बेला युक्रेनले भने युरोप र एशियाका देशहरुसँग छलफल गरिरहेको छ ।

जेलेन्स्की साउदी राजकुमार मोहमद बिन सलमानसँग भेटवार्ताका लागि साउदी अरब पुगेको बिबिसीले उल्लेख गरेको छ ।

साउदी अरबमा रहेपनि जेलेन्स्कीले अमेरिकासँग हुन लागेको वार्तामा भने सहभागी नहुने मिडिया रिपोर्टमा उल्लेख छ ।