• फाल्गुन २६ २०८१, सोमबार

‘विघटन गरेपछिको परिस्थितिसम्म सम्झिएर आफ्ना कदम अगाडि बढाउन पूर्वराजा लाई : दाहालको सन्देश’

फाल्गुन २६ २०८१, सोमबार

२६ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले गणतन्त्रको विरोधमा हुने गतिविधिको सशक्त प्रतिवाद गर्नुपर्ने निष्कर्ष निकालेको छ । सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ०३७, ०४६, ०६२र०६३ र ०७७र०७८ सालका परिवर्तन सम्झिन सुझाएको छ ।

प्राप्त गरेको अधिकार खोस्नेगरी हुने गतिविधिमा जनताको साथ नहुने इतिहास साक्षी रहेको भन्दै माओवादीले निकट विगतको संसद् विघटन गरेपछिको परिस्थितिसम्म सम्झिएर आफ्ना कदम अगाडि बढाउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सन्देश दिएको हो । ‘यही केपी ओलीकै नेतृत्वमा भएको सरकारले अथवा केपी ओलीजीले दुई–दुई पटक झम्टीझम्टी प्रतिनिधि सभा विघटन गर्नुभएको थियो,’ पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटाले भने, ‘त्यसलाई हामीले पुनस्र्थापना गर्याैं ।

त्यो जनताले साथ दिएर भएको हो ।’तत्कालीन ओली नेतृत्वको सरकारले ५ पुस २०७७ र ८ जेठ २०७८ मा प्रतिनिधि सभा विघटन गरेको थियो । दुवै पटक सर्वाेच्च अदालतले विघटित प्रतिनिधि सभा पुनस्र्थापना गरिदिएको थियो । त्यसबेला शीर्ष नेताहरू जनतासँगै सडकमा बसेर विरोधमा उत्रिएका थिए । त्यसबेला नागरिकको उपार साथ रहेको सापकोटाले बताए ।

पूर्वराजालाई त्यसबेलाको परिस्थिति ख्याल गर्न सुझाउँदै सापकोटा भन्छन, ‘त्यसबेला शीर्ष नेताहरू पनि सडकमा बसे । हामीले धेरै कडा अडान लियौं । तर मुख्यत ः जनता हो ।’नेपालमा भएका राजनीतिक परिवर्तनमा सँधै जनता साथमा रहेको ख्याल गर्न सापकोटाले सुझाए । पूर्वराजाका गतिविधिमा सांसदले खोजे नियन्त्रण ‘इतिहास हेर्दा जहिले पनि जनताहरू लोकतन्त्रकै पक्षमा छन् ।

चाहे ०३७ सालको कुरा गर्नुस, चाहे ०४६ सालको कुरा गर्नुस,’ सापकोटा भन्छन् । जनताको साथले नै माओवादीको सशस्त्र युद्ध सञ्चालन हुन सकेको पनि उनले बताए । ‘२०५२ मा जनताले साथ दिएर नै त्यत्रो पृथ्वी नै थर्किने खालको जनयुद्ध गरियो,’ सापकोटाले थप प्रष्ट पार्दै भने । राजतन्त्रको अन्त्य गर्नेगरी भएको जनआन्दोलन पनि जनताको साथले सम्भव भएको उनले सम्झिए, ‘०६२र०६३ को जनयुद्ध र जनआन्दोलनको संयोजन भन्नुस, त्यहाँ जनताको साथ थियो ।’

१० वर्षे माओवादी सशस्त्र युद्ध, २०६२र०६३ को जनआन्दोलन र मधेश आन्दोलनको पृष्ठभूमिमा नेपालबाट राजतन्त्र अन्त्य भएको हो । २८ चैत २०६४ सालमा सम्पन्न संविधान सभाको चुनावबाट निर्वाचित संविधान सभाको पहिलो बैठक (१५ जेठ २०६५) ले नेपालबाट राजतन्त्र अन्त्यको घोषणा गरेको थियो । त्यसयता पूर्वराजा ज्ञानेन्द्र निर्मल निवासमा बस्दै आएका छन् । आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नेतृत्वमा काठमाडौंमा राजतन्त्र पक्षधरहरूले शक्ति प्रदर्शन गरेका थिए ।

विभिन्न जिल्लाको भ्रमण गरेर पूर्वराजा ज्ञानेन्द्र आइतबार पोखराबाट काठमाडौं फर्किएका थिए । उनी काठमाडौं फर्किँदा राजतन्त्र पक्षधरहरूले उनको स्वागतर्मा याली निकालेका थिए । राजावादी सडकमा आउँदैमा गणतन्त्र मासिँदैनः माओवादी केन्द्र राजतन्त्र पक्षधरहरूले गतिविधि बढाएपछि ‘जनतासँग माओवादी, तराई–मधेश जागरण अभियान’ स्थगित गरेर माओवादी काठमाडौं केन्द्रित भएको छ ।

सोमबार पार्टीका पदाधिकारीहरूले राष्ट्रिय राजनीतिको समीक्षा, पार्टीको जारी अभियान रोक्नुपर्ने परिस्थितिको समीक्षा र आगामी दिनमा लिने नीतिका विषयमा छलफल गरेका हुन् । राजतन्त्र पक्षधरहरूलाइ सन्देश दिनेगरी काठमाडौंमै प्रदर्शन गर्ने माओवादीको तयारी छ । यसका लागि नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूसँग समेत कुरा भइराखेको नेताहरू बताउँछन् ।

प्रदर्शनको विषयमा माओवादीले समाजवादी मोर्चामा रहेका दलहरूसँग समेत छलफल गर्दैछ । समाजवादी मोर्चामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेत्र विक्रम चन्द नेतृत्वको नेकपा र महिन्द्र राय यादवको नेपाल समाजवादी रहेका छन् । यसअघि मोर्चामा रहेको जनता समावादी पार्टी नेपाल मोर्चाको गतिविधिमा सक्रिय छैन ।