• फाल्गुन २६ २०८१, सोमबार

यस्ता रोग लागेकाहरुलाई मासु हानिकारक हुन्छ

फाल्गुन २६ २०८१, सोमबार

काठमाडौं ।  धेरैको अत्याधिक मासु खाने बानी हुन्छ । मासुसँगै चिल्लो, नुन, चिसो पेय पदार्थ, गुलियो र मदिराको पनि बढी प्रयोग गर्ने प्रचलन नै बनेको छ । तर, कतिपय रोगीलाई भने यस्ता खाद्यपदार्थ विष बन्न सक्छ ।

मुटु रोग, उच्च रक्तचाप,मधुमेह,मृगौला रोग, यूरिक एसिड, मोटोपन,कोलेस्टेरोल बढ्ने, कब्जीयत,क्यान्सर र ग्यासट्राइटिस आदि रोगहरु लागेका मानिसका लागि मासु हानिकारक हुन्छ ।

त्यसैले यी रोगका मानिसले सकेसम्म मासुको सेवन नगर्ने र गर्नै परे पनि कम मात्रामा गर्नु पर्दछ । अझ उसिनेको मासु मात्र खानु राम्रो मानिन्छ । यसकालागि पंक्षीजन्य मासुको सेवन मात्र उपयुक्त मानिन्छ । सकेसम्म खसि, रागाँको रातो मासु खानु उपयुक्त हुदैँन ।