फागुन २५, २० काठमाण्डौं ।
गैरसरकारी चिकित्सा सहायता समूह–डक्टर्स विदाउट बोडर्स (एमएसएफ) ले सुडानको ह्वाइट नाइल राज्यमा हैजाबाट दुई हप्तामै कम्तीमा ९२ जनाको मृत्यु भएको जनाएको छ । फेब्रुअरी २० देखि मार्च ५ सम्म एमएसएफको सहयोगमा स्वास्थ्य मन्त्रालयको कोस्ती शिक्षण अस्पतालमा रहेको हैजा उपचार केन्द्रमा जम्मा २ हजार ७१८ जना बिरामी भर्ना भएका थिए ।
पानीजन्य रोग हैजाको लहर फेब्रुअरी १६ मा उम–दबाकिर पावर स्टेसनमा यापिड सपोर्ट फोर्सेस (आरएसएफ) को प्रक्षेपणपछि ठूलो मात्रामा बिजुली आपूर्ति बन्द भएपछि उत्पन्न भएको एमएसएफले जनाएको छ । उक्त प्रक्षेपणपछि मानिसहरु राज्य प्रणालीबाट वितरित पानीबाट बञ्चित भएको र अन्यत्र स्रोतबाट उपलब्ध पानीको प्रयोग एवं सेवन गरेका कारण हैजा फेलिएको बताइएको छ ।
गत मंगलबारसम्म सुडानी स्वास्थ्य मन्त्रालयले घोषणा गरेको जुलाई २०२४ देखि देशमा हैजाका घटनाहरूको संख्या ५७ हजार १३५ पुगेको जनाएको छ । जसमा १ हजार ५०६ जनाको मृत्यु भएको छ । सुडानको ह्वाइट नाइल राज्यमा आरएसएफले आक्रमण गर्दै आएको छ । जसमध्ये सबैभन्दा उल्लेखनीय अल–गिटैना क्षेत्र वरपरका गाउँहरूमा गरिएको आक्रमण थियो ।
जसमा ४३३ नागरिकको मृत्यु भएको थियो । संयुक्त राष्ट्र संघले उदृत गरेको संकट अनुगमन समूह, सशस्त्र द्वन्द्व स्थान र घटना डेटाकाअनुसार अप्रिल २०२३ को मध्यदेखि सुडान सशस्त्र सेना र आरएसएफबीचको विनाशकारी द्वन्द्वमा फसेको छ । जसले कम्तीमा २९ हजार ६८३ जनाको ज्यान लिएको छ । अन्तर्राष्ट्रिय आप्रवासन संगठनको अनुमानअनुसार द्वन्द्वले सुडानभित्र र बाहिर दुवै ठाउँमा १ करोड ५० लाखभन्दा बढी मानिसहरूलाई विस्थापित गरेको छ ।