काठमाडौँ । काउलीमा विषादी फेला परेको छ । धादिङबाट बिक्रीका लागि कालीमाटी ल्याइएको काउलीमा ७१.४८४ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जनाएको छ ।
आइतबार केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी तरकारी बजारका १९ पसलको १९ वटा तरकारी तथा फलफूल परीक्षण गर्दा काउलीमा विषादी भेटिएको हो । सो मात्रा उपभोग अयोग्य रहेको जनाइएको छ ।
बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशत भन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।