• बैशाख ११ २०८२, बिहीबार

अन्तराष्ट्रिय श्रमिक महिला दिवसप्रति अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको ऐक्यवद्धता

फाल्गुन २४ २०८१, शनिबार

काठमाडौं । ११५औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले आज संसारभर मनाउन लागिएको यो दिवसको अवसरमा ऐक्यवद्धता जनाएको छ । सो संगठनका अध्यक्ष हस्तबहादुर केसीले आज एक विज्ञप्तिमार्फत् यस्तो ऐक्यवद्धता जनाएका हुन् ।

आजको दिन सन् १९११ मार्च ८ का दिन प्रतिक्रियावादी राज्यसत्ता र पुरुष प्रधान सामन्ती सत्ताद्वारा उत्पीडन, शोषण, दमन, अन्याय–अत्याचार र विभेदमा पिल्सिंदै आएका आधा आकाश ओगटेका श्रमजीवी महिलाहरुले स्वतन्त्रता, समानता, पुरुषसरह समान ज्याला, समान अवसर लगायतका मौलिक अधिकार प्राप्त गरेको दिन हो ।

त्यसैले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिलाहरुले एउटा उत्सवका रुपमा मनाउँदै आएका छन् । विज्ञप्तिमा केसीले आफ्‌नो संगठनले अहिले श्रमजीवी महिलाहरुले सिमित मात्रामा अधिकार प्राप्त गरिरहेका र विश्वव्यापी रुपमा नयाँ जनवाद, वैज्ञानिक समाजवाद हुँदै वर्गबिहीन, राज्यबिहीन वैज्ञानिक साम्यवादमा पुगेपछि मात्रै पूर्णरूपमा स्वतन्त्रता प्राप्त गर्ने मान्यता राख्ने भएकोले श्रमिक महिलाहरुले आफ्नो आन्दोलनलाई निरन्तरता दिनु पर्नेमा जोड दिएका छन् ।

केसीले विज्ञप्तिमा वैज्ञानिक साम्यवादी समाजमा मात्र सबै मानवजातिले स्वतन्त्रता, समानता र सबैखाले विभेद अन्त्य भएको समाजमा बाँच्न पाउने धारणा राखेका छन् ।