काठमाडौँ । प्रतिनिधिसभा बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको राजीनामा मागिएको छ ।
आजको बैठकमा आकस्मिक समयमा बोल्दै स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले स्वास्थ्यमन्त्री पौडेलको राजीनामा मागेका हुन् ।
सांसद सिंहले मन्त्रालयको सचिवमा डा.संगीता मिश्रलाई मधेसी भएकै कारण वरिष्ठ भएर पनि बढुवा नगरेको आरोप लगाउँदै मन्त्री पौडेलको राजीनामा मागेका हुन् ।
मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले डा. विकास देवकोटालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो ।