• फाल्गुन २२ २०८१, बिहीबार

अमेरिकी राष्ट्रपति ट्रम्पले पनामा र ग्रीनल्याण्ड कब्जा गर्ने धम्की दोहोर्‍याए

फाल्गुन २२ २०८१, बिहीबार

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनामा नहर र ग्रीनल्याण्ड दुवै लिने आफ्नो धम्की दोहोर्‍याएका छन् । ट्रम्पले संसदको संयुक्त सत्रलाई सम्बोधन गर्दा यस्तो टिप्पणी गरेका हुन् ।

अमेरिकाको राष्ट्रिय सुरक्षालाई अझ बढाउन आफ्नो प्रशासनले पानामा नहर लिन लागेको बताए । दिवंगत अमेरिकी राष्ट्रपति जिमी कार्टरलाई सन् १९७० को दशकमा पानामासँग सन्धिमा हस्ताक्षर गरेकोमा दोष लगाए ।

कार्टरले देशलाई महत्वपूर्ण जलमार्ग चलाउने अधिकार हस्तान्तरण गरेका थिए । आफ्नो प्रशासनले ग्रीनल्याण्डवासीहरूले भविष्य निर्धारण गर्ने कुरालाई समर्थन गर्ने बताए ।

लगभग ६० हजार जनसंख्या भएको टापु ग्रीनल्याण्ड, सन् १९५३ सम्म डेनिसको उपनिवेश थियो । सन् १९७९ मा ग्रिनल्याण्डले गृह शासनले प्राप्त गर्‍यो । जसले गर्दा ठूलो स्वशासन प्राप्त भएको थियो । डेनमार्कले आफ्नो विदेश र रक्षा नीतिमा अधिकार भने कायम राखेको थियो ।