होमियोप्याथोलोजिस्ट डा. श्रवण कुमार भन्छन्, ‘हरेक दिन ४०० एमएल दूध पिउन सकिन्छ । बिहान २०० एमएल र बेलुका २०० एमएल दूध पिउनु राम्रो हुन्छ ।’
साँझमा चिनी मिसाएर दूध पिउनु हुँदैन । किनकि दूधमा पहिले नै पर्याप्त क्यालोरी हुन्छ । त्यसमा चिनी मिसाउँदा क्यालोरी बढ्छ र मोटोपनले सताउन सक्छ । साथै लगातार लामो समय दूधमा चिनी मिसाएर पिउँदा विभिन्न स्वास्थ्य समस्या निम्तन सक्छ ।