• बैशाख ११ २०८२, बिहीबार

बालेनको घरमै पुगेर प्रचण्डले भने,‘अब हामी मिलेर देश बनाऔं’

फाल्गुन २२ २०८१, बिहीबार

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालेनको घरमा पुग्दा रमाइलो अनुभूति भएको बताएका छन् ।

जनतासँग माओवादी तराई–मधेस जागरण अभियानका क्रममा प्रचण्डसहितका नेता बिहीबार महोत्तरीस्थित बालेन शाहको पुर्ख्यौली घरमा पुगेका हुन् ।

हाल पालिका कार्यालय रहेको उक्त घरमा माओवादीले कार्यक्रम राखेको छ । ‘बालेन शाहको पुर्ख्यौली घर । उहाँको बालगायत काकाहरूको घरमा हामी आइपुगेका छौं रमाइलो महसुस भएको छ’,प्रचण्डले कार्यक्रमलाई सम्बोधन गर्दै भने– ‘बालेनजीले पनि सुनिराख्नुभएको होला । हामी सबै मिलेर देश बनाउनु छ ।’

अध्यक्ष प्रचण्डले अहिले एकथरी मानिसहरू जनताले ठुलो बलिदानी गरेर ल्याएको सङ्घीयता र संविधान उल्ट्याउने कसरत भइरहेको बताए ।

उनले जनतालाई अझ धेरै अधिकार र पहिचानका लागि माओवादी लागिरहेको भन्दै पहिचान र अधिकारको मुद्दाका लागि प्रतिवाद गर्नुपर्ने अवस्था आए अपिल गर्ने बताए ।