फागुन२१,काठमाडौँ । अमेरिकाबाहेकका ६ देशबाट डिपोर्ट र प्रवेश निषेध गरेका ११ जना नेपाली बुधबार काठमाडौं आइपुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका अनुसार जापानले २ जना र दक्षिण कोरिया,
श्रीलंका र क्यानडाबाट ३ जना नेपालीलाई डिपोर्ट गरिएको हो । बाज्रिल पुगेका ३ जना र अजरवैजान पुगेका ३ जना गरी ६ जनालाई ‘इन्ट्री रिफ्युज’ (प्रवेश निषेध) गरी पठाएको छ ।