• फाल्गुन १९ २०८१, सोमबार

बालुवाटारमा प्रधानमन्त्री ओली र विश्वविजेता बुफोनबीच भेटवार्ता

फाल्गुन १९ २०८१, सोमबार

फागुन १९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र इटलीका राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान जियानलुइजी बुफोनबीच भेटवार्ता भएको छ । राष्ट्रिय युवा संघ, नेपालको आयोजनामा जारी तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल आएका विश्वविजेता गोलरक्षक बुफोन र प्रधानमन्त्री ओलीबीच बालुवाटारमा भेटवार्ता भएको हो ।

भेटमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, मुख्यसचिव एकनारायण अर्याल, अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज राई, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे र बुफोनका परिवारका सदस्य सहभागी थिए ।

केपी ओली कप फुटबलको उपाधिका लागि आज साँझ दशरथ रंगशालामा विभागीय टिम त्रिभुवन आर्मी क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदै छ ।