• फाल्गुन २८ २०८१, बुधबार

रारामा घुम्न आएका एक जना पर्यटकको मृत्यु

फाल्गुन १९ २०८१, सोमबार

फागुन १९, काठमाडौं । नेपालकै प्रमुख पर्यटकीय स्थल रारा घुम्न आएका एक जना आन्तरिक पर्यटकको मृत्यु भएको छ । रारा घुम्न आएका काभ्रेको धुलिखेल नगरपालिका–१० का ५४ वर्षीय भुवन विश्वकर्माको सोमबार बिहान लेक लागेर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिए ।

जिल्ला अस्पताल मुगुका चिकित्सक नकुल शाहीका अनुसार विश्वकर्मा आइतबार राति ९ बजे सास फेर्न समस्या भएपछि चेकजाँचका लागि जिल्ला अस्पताल पुगेका थिए । चेकजाँच पछि सल्लेरी फर्किएका उनको सोमबार बिहान मृत्यु भएको हो ।

बिरामी भएपछि विश्वकर्मालाई अस्पताल पुर्याइएको र अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए । चिकित्सक शाहीका अनुसार विश्वकर्मा दमको दीर्घरोगी थिए । आइतबार मात्र विश्वकर्मासहित २५ जनाको टोली रारा घुम्न रारा ताल क्षेत्रमा पुगेको थियो ।