• फाल्गुन १९ २०८१, सोमबार

सुन्ने शक्ति हराउनुका कारण र उपचार

फाल्गुन १९ २०८१, सोमबार

कारण

इन्फेक्सन : भाइरल इन्फेक्सन, जस्तैः दादुरा, ठेउला भएर, चोटपटक लागेर नशालाई असर गर्दा हियरिङ लस हुन्छ।

जन्मजात हुने समस्या स् मध्य कानमा तीन वटा हाड हुन्छन्। इन्फेक्सनको कारणले वा वंशाणुगत कारणले गर्दा हाड एकै ठाउँमा गुजुल्टो पर्ने गर्दछन्। आमाबुबामा हियरिङ लस छ भने बच्चामा जन्मजात नै हियरिङ लस हुन्छ। बढ्दो उमेरले पनि सुन्न सक्ने नशा सुकेर हियरिङ लस हुन्छ।

उपचार
इन्फेक्सनको कारणले हुने हियरिङ लसलाई उपचार गर्न सकिन्छ। जस्तैः मध्य कानको इनफेक्सन, पानी जम्ने समस्या भयो भने औषधि खाँदा निको हुन्छ। कुनै बेला जाली प्वाल पर्नुका साथै मध्य कानको हड्डी खिइसकेको हुन्छ, यस्तो अवस्थामा अपरेसन गर्नुपर्ने हुन्छ।

भित्री कानमा नशा कमजोर वा नसा सुकेर हियरिङ लस भयो भने हियरिङ फर्काउन सकिँदैन। यदि सुरुको अवस्थामा थाहा पाइयो भने मात्र फर्काउन सकिन्छ। अलिकता हेयरिङ बाँकी छ भने कानमा यन्त्र लगाएर सुन्न सकिन्छ।

(डा काफ्ले नाक, कान, घाँटी विशेषज्ञ हुन्)