• फाल्गुन २८ २०८१, बुधबार

केपी ओली कप उपाधिका लागि मछिन्द्र क्लब र त्रिभुवन आर्मी क्लब भिड्दै

फाल्गुन १९ २०८१, सोमबार

काठमाडौं ।   आज केपी ओली कप च्याम्पियनसिप फुटबलको फाइनलमा उपाधिका लागि मछिन्द्र क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अपराह्न साढे ५ बजे खेल सुरु हुनेछ ।

मछिन्द्र क्लब सेमिफाइनलमा आयोजक केपी ओली एफसीलाई हराउँदै फाइनलमा पुगेको हो भने संकटालाई पराजित गर्दै त्रिभुवन आर्मीले फाइनल यात्रा तय गरेको हो ।
९ टोली सहभागी प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।