• फाल्गुन २८ २०८१, बुधबार

धेरै रातो मासु खाँदा मुटु र क्यान्सरको जोखिम बढ्ने

फाल्गुन १८ २०८१, आईतवार

धेरैलाई रातो मासु मन पर्छ । तर धेरैलाई थाह नहुन सक्छ रातो तथा प्रशोधित मासु मानव स्वास्थ्यका लागी उपयुक्त मानिदैन । रातो वा प्रशोधित मासु खाँदा मुटुसम्बन्धी रोग तथा क्यान्सरको जोखिम बढ्ने र स्वास्थ्यमा गम्भीर असर पर्दछ ।

यस्ता छन् रातो मासु खाँदा हुने असरहरु :

– मुटु रोगको खतरा:
रातो मासुमा पाइने कार्निटाइन नामको यौगिकलाई पाचनप्रणालीले टुक्राई ट्रिमेथाइलेमिन एन अक्साइड (टीएमएओ) उत्पादन गर्छ । टीएमएओले मुटुका धमनीमा चिल्लो पदार्थ जम्मा गरिदिई हृदयाघात गराइदिन्छ ।

– पाइल्स, गुदद्वारको क्यान्सर:
रातो मासु खाने मानिसमा गुदद्वारको क्यान्सर हुन सक्छ । सम्भावित क्यान्सरबाट बच्न विज्ञले रातो मासुको सट्टा माछा खान सुझाएका छन् ।

– मधुमेह:
रातो मासु मधुमेहसँग पनि प्रत्यक्ष सम्बन्धित छ । हरेक साता नियमित रातो मासु खाँदा चिनी रोग हुन सक्ने सम्भावना ५० प्रतिशत बढि हुने विज्ञहरु बताउँछन् ।

– युरिक एसिड:
रातो मासुमा चिल्लो बढी हुन्छ, जसले युरिक एसिड बढाउँछ । यसमा हुने अत्यधिक प्रोटिन र प्रशस्त फ्याटी एसिडको उपभोगले स्वास्थ्यलाई गम्भीर रोग लाग्ने सम्भावना हुन्छ ।